काँग्रेस अधिवेशन १३ मध्ये ११ स्थानीय तहमा सभापति शाहको टिम विजयी

छिनोफानो   बिहिबार ०२, मङि्सर २०७८ ०८:५१

कैलालीका सबै स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिकामा यज्ञराज उपाध्याय, गौरीगंगा नगरपलिकामा पहलबिक्रम चन्द, लम्कीचुहा नगरपलिकामा इन्द्र कुंवर, टीकापुर नगरपालिकामा नरेश खत्री, भजनी नगरपालिकामा नवराज मिश्र सभापतिमा चयन भएका छन्।

यस्तै जिल्लाको चुरे गाउँपालिकामा हेम शाह, जानकी गाउँपालिकामा गणेश रेग्मी, बर्दगोरियामा कृष्ण बिष्ट, कैलारीमा कृष्ण चौधरी, मोहन्यालमा कमल साउद, जोशिपुरमा बसिराम चौधरी सभापतिमा चयन भएका छन्।

यस्तै गोदावरी नगरपालिका बिरबहादुर चोखालको प्यानल र घोडाघोडी नगरपालिकामा बमबहादुर सिंहको प्यानल विजयी भएका छन्। चोखाल र सिंह जिल्ला सभापति शाह पक्षको टिमलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। जिल्लाका १३ वटा पालिकामध्ये ४ वटा पालिकामा सर्वसम्मत रुपमा र अन्यमा चुनावबाट नेतृत्व चयन गरिएको प्रचारप्रसार समिती सयोजक नृप सुनारले जानकारी दिए।

१३ मध्ये ११ स्थानीय तहमा जिल्ला सभापति नरनारायण शाहको टिम विजयी भएको छ भने दुई स्थानीय तहमा शाह पक्षको टिम पराजित भएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु