पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

छिनोफानो   बिहिबार ०२, मङि्सर २०७८ ०४:३४

आज नेपालमा कोरोना भाइरसका २ सय ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ३ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार १ सय ७६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ७२ र एन्टिजेन विधिबाट ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार आज संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेमा ११ हजार ४ सय ८९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु