आज(२८ भाद्र २०७८) सोमवारको राशिफल

छिनोफानो   सोमबार २८, भदौ २०७८ ०७:२९

वि।सं।२०७८ साल भदौ २८ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–सप्तमी, बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अनुराधा, बिहान ११ बजेर २६ मिनेट उप्रान्त ज्येष्ठा । योग– विष्कुम्भ, दिउसो १२ बजेर ४० मिनेट उप्रान्त प्रिती । करण– गर, बिहान ०६ बजेर २५ मिनेट उप्रान्त वणिज, बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त लुकी ०६ बजेर १० मिनेट । दिनमान ३० घडी ५३ पला । भ।पू। मंगलकुण्डमेला, थकाली फालोपर्व, महाक्ष्मीव्रत आरम्भ ।


मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।
बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
कुनै नकुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुनसक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपीन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।

मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु