मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन

छिनोफानो   सोमबार २८, भदौ २०७८ १०:२८

अछाम ,अर्जुन लुहार
 अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ।एक कार्यक्रम का बिच सोमबार मेल्लेख गाउँपालिका- ५ बिन्धेबासीनीको चौखुट्टेमा,गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले १५ शैयाको आधारभुत अस्पताल उद्घाटन गरेका  हुन् ।१ करोड ११ लाख २० हजारको लागतमा भौतिक संरचनाको निर्माण र ४२ लाखको लागतमा उपकरण सहित कुल १ करोड ५३ लाख २० हजारको लागतमा आधारभुत अस्पताल तयार भएको हो ।
 कार्यक्रममा बोल्दै अध्यक्ष  बोहराले नागरिकलाई आधाभुत स्वास्थ्य सेवाका लागि गाउँपालिका बाहिर जानुपर्ने अवस्थाको अन्य गर्ने उदेश्यले अस्पतालको स्थापना गरिएको बताएका छन् ।
हाल आधारभुत अस्पतालले  एक्सरे ,भिडियो एक्सरे, अक्सिजन कन्सन्टेटर , १८ ओटा अक्सिजन सिलिन्डर , ल्याव सेवा,१२ ओटा बेड सहित अन्य स्वास्थ्य सामाग्री सहितका सेवा दिने गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु