सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान सुरु;

  आइतबार २०, भदौ २०७८ ०३:१४

 सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडानको प्रक्रिया सुरु भएको छ । कोरोना महामारीमा अक्सिजनको अभावमा संक्रमितको मृत्यु हुन थालेपछि सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान प्रक्रिया अगाडि बढाईएको हो ।

 संघिय सरकारको बजेटमा  अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन थालेको र प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठ ले बताएका छन्  । कोरोनाको दोस्रो लहरमा   अक्सिजन नपाएर कतिपय कोरोना संक्रमितले ज्यान गुमाएका ले सोही समस्या आउन नदिन सेती प्रादेशिक अस्पतालमा दुई हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिन लागिएको हो।

 अक्सिजन प्लान्ट जडान कार्य सुरु भएता पनि कतिपय सामाग्रीहरु नआइपुगेका कारण  प्लान्ट सञ्चालनमा आउन अझै एक महिना सम्म लाग्ने र सञ्चालनमा आएसँगै अक्सिजनको अभावमा कुनै पनि संक्रमितले ज्यान गुमाउन नपर्ने श्रेष्ठको भनाई छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु