सुदूरपश्चिम सरकारले चाडपर्व लक्षित गर्दै  प्रवसीलाई नाकामै परीक्षण र खोप दिने

  शनिबार १९, भदौ २०७८ ०५:१०

 कोरोना संक्रमणलाई मध्येनजर गरेर सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जोडिएका नाकामा परीक्षण र खोपको ब्यवस्था गर्ने भएको छ ।  
 आउदै गरेका  चाँडपर्वहरुलाई लक्षित गर्दै भारतबाट नेपाल फर्किनेहरु बढ्दै जाने र संक्रमण समुदाय सम्म पुग्ने अनुमान गरेर कोरोनाबिरुद्धको खोप नाकामै दिने व्यबस्था गर्न लागेको मुख्यमन्त्री  सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्रीको अध्यक्षमा शुक्रबार बसेको प्रदेश कोभिड(१९ व्यबस्थापन गर्न गठित निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको बताईएको छ ।यसकालागि प्रदेशमा आवश्यक खोप माग गर्ने र नभए प्रदेशले आफै खोप खरिद गर्न पाउने बतावरण मिलाईदिन संघीय सरकारसँग पहल गर्ने र  बालवालिकालाई मध्येनजर गरेर यसअघि सबै जिल्ला र प्रादेशिक अस्पतालमा अक्सिजन प्लाण्ट, भेन्टिलेटर र आईसियु बेड तयारी अवस्थामा राख्ने कामलाई अगाडि बढाउने र कैलालीको धनगढी,  टीकापुर र कञ्चनपुरको महाकालीमा बन्दै गरेका थप ५०र ५० शैय्याका कोरोना बिशेष अस्पतालहरु छिट्टै संञ्चालनमा ल्याउन प्रयत्न गर्ने निर्णय भएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए ।सबै जिल्ला प्रशासन र स्थानीय तहलाई स्वास्थ्यका मापदण्ड पालना गराई चाँडपर्व  मनाउन लगाउन तथा अति आवश्यक स्वास्थ्य सामाग्रीको आपुर्ति तथा व्यबस्थापनमा प्रदेश सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । यी सम्पूर्ण कार्यमा जनता, नेपाली सेना, नेपाल प्रहरी तथा जनप्रतिनिधिले सघाएर सामुहिक प्रयासवाट मानवता बिरुद्धको कोभिड जित्ने मुख्य मन्त्री भट्ट को दावि छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु