ए डिभिजन लिगमा आज २ खेल हुँदै

छिनोफानो   बुधबार २२, मङि्सर २०७८ ०७:५६

काठमाडौँ,२२ मंसिर ।  शहिद स्मारक ‘ए डिभिजन लिग’मा आज २ खेल हुँदैछन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब दिउँसो १ बजे भिड्नेछन् ।

अर्को खेल जावलाखेल युथ क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच बेलुकी पौने ५ बजे प्रतिस्पर्धा हुनेछ ।एथ्लेटिक्स् खेलका कारण हिजो हुनु पर्ने यी दुवै खेल अखिल नेपाल फुटबल संघ एन्फाले आजलाई सारेको थियो ।

हिमालयन शेर्पा क्लब तालिकाको १२ औं स्थानमा छ भने नेपाल पुलिस क्लब छैंटौ स्थानमा छ । जावलाखेल १३ औं स्थानमा छ भने मच्छिन्द्र सातौं स्थानमा छ ।

सबै टोलीलाई कडा चुनौती दिँदै पहिलो पटक लिग खेलेको सातदोबाटो युथ क्लब भने शीर्ष स्थानमा रहँदै आफ्नो तेस्रो जितको खोजीमा मैदान प्रवेश गर्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु