नेपाल यु–१९ टोलीले अफगानिस्तानसँग सिरिज खेल्ने

छिनोफानो   बिहिबार २२, फागुन २०८१ १०:५३

काठमाडौँ  । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा तीन खेलको सिरिज खेल्ने भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सिरिज मुलपानी क्रिकेट मैदानमा चैत २१ गते, २४ गते र २७ गते हुनेछ । 

नेपालले विश्वपक छनोटको तयारीका लागि अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो । अफगानिस्तान युवा टोलीले क्यानको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेको हो । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु