कञ्चनपुरमा एम्बुलेन्सको ठक्कर बाट एक जना को मृत्यु

छिनोफानो   बुधबार ३०, भदौ २०७८ १०:५३

कञ्चनपुरमा एम्बुलेन्सको ठक्कर बाट एक जना साइकल चालकको मृत्यु भएको छ।  जिल्लाको कृष्णपुर नगरपालिका ५, पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान ६ बजे अत्तरीयाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेका कृष्णपुर -५ का ४५ वर्षीय कृष्ण बहादुर ऐर लाई ठक्कर दिएको हो।ठक्करबाट गम्भीर घाइते भएका ऐरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। ऐरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएका उनको बिहान सवा सात बजे तिरको समयमा मृत्यु भएको प्रहरीले बताएको छ।
। एम्बुलेन्स बाँस्खेडा ऐरी रेडक्रस उपशाखाको रहेको र चालक भीमदत्त नगरपालिका (१६ का ४० वर्षीय गणेश विष्ट इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा रहेको बताइएको छ।दुर्घटनापछि स्थानीयले बिहानैदेखि सडक समेत अवरुद्ध गरेका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु