पवन भण्डारी ,धनगढी ।मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहोराले बिपत जोखिम न्युनिकरण गर्न सबैले सजग रहनु पर्ने बताए । आईतवार मङ्गलसैनमा लैङ्गिक तथा समावेशीकरण अगुवाका लागि प्रकोपमा आधारित लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण तालिम समापन समारोहमा बोल्दै प्रमुख बोहोराले बिपद कुन बेला के हुन्छ कसैलाई थाह नहुने भएकोले बिपद न्युनिकरण गर्न तालिममा सिकेका कुराहरु समाजका हरेक मानिसहरुलाई सिकाउन आग्रह गरे । बोहोराले भने हामिले तालिममा के सिक्यौ त्यो कुरा समुदायका सबैलाई भन्नुहोला समुदायका अन्य मानिसहरुले समेत बिपद बाट कसरी जोगिने भन्ने कुरा बुझ्ने छन ।सामुदायिक बिकास केन्द्रले नगरपालिका मा कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिदै बोहोराले भने यो कार्यक्रमले बिपत जोखिम न्युनिकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने आशा छ ।
शुक्रबारबाट मङ्गलसैनको हिल भ्यु होटलमा सुरुभएको तालिमको आज समापन गरिएको हो ।
लुथरन वल्ड रिलिफ उत्थानशिल परियोजनाको आर्थिक सहयोग तथा सामुदायिक बिकास केन्द्र डोटिको आयोजनामा तालिमको आयोजना गरिएको हो ।
समुदायमा हुने प्रकोप बाट कसरी बच्न सकिन्छ भन्ने उधेश्यका साथ तालिमको आयोजना गरिएको थियो । तालिममा मङ्गलसैन नगरपालिका भित्र रहेका १० समुदायका २० जना लैङ्गिक च्याम्पियन तथा समाबेशीकरण च्याम्पियनको सहभागीता रहेको छ । तालिमको सहजिकरण डम्मर बोहोरा र सुजन नेपालीले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस