इतिहासमा आज : राजकुमारी डायना–चार्ल्सले गरे सम्बन्धविच्छेदको घोषणा

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ ०८:५७

इतिहासको सबैभन्दा चर्चित शाही जोडीमध्ये एक बेलायतको शाही परिवारका राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्धविच्छेदको घोषणा आजकै दिन सन् १९९२ मा भएको थियो । यो शाही जोडी अलग्गिने घोषणा तत्कालीन बेलायती प्रधानमन्त्री जोन मेजरले गरेका थिए । यद्यपि, सम्बन्धविच्छेद घोषणा गरेको करिब चार वर्षपछि सन् १९९६ को २८ अगस्टमा चार्ल्स–डायनाको औपचारिक रुपमा सम्बन्धविच्छेद भएको थियो ।

चार्ल्स र डायनाको सम्बन्धविच्छेदजस्तै उनीहरुको इन्गेजमेन्ट  र विवाह पनि संसारभरी चर्चामा रह्यो । राजकुमारी डायना र राजकुमार चार्ल्सको इन्गेजमेन्ट २४ फेब्रुअरी सन् १९८१ मा भएको थियो । इन्गेजमेन्टमा डायनाले असाध्यै महँगो औंठी लगाएकी थिइन् । त्यसको मूल्य त्यतिबेला ३० हजार पाउन्ड ९४७ लाख रुपैयाँ० थियो जसमा एउटा निलम र १४ हिरा थिए । उक्त शानदार इन्जेगमेन्टपछि चार्ल्स र डायनाको विवाह २९ जुलाई सन् १९८१ मा भयो । उनीहरुको विवाहको पहिरन डेविड र एलिजाबेथ इम्यानुएलले डिजाइन गरेका थिए । डायनाको विवाहको ड्रेसमा २४ फिटको घुम्टो थियो जसलाई हात्तिको दाँतले बनेको टाफेटा र उत्कृष्ट लेसले सजाइएको थियो । विवाह गर्दा डायना २० वर्ष थिइन् ।

राजकुमार चार्ल्स र डायनाको विवाहको चर्चा संसारभरी थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु