पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

छिनोफानो   बुधबार २८, फागुन २०८१ ०१:२५

पाकिस्तानको बलुचिस्तान प्रान्तबाट हिजो अपहरणमा परेका रेलका एक सय चार जना यात्रुको उद्धार गरिएको छ ।

हतियारधारी समूहले चार सय ५० जनाभन्दा धेरै यात्रु रहेको रेलका एक सय भन्दा धेरैलाई अपहरण गरी बन्धक बनाएका थिए ।

यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको बीबीसीले जनाएको छ ।

क्वेटा शहरबाट पेशावरका लागि छुटेको जाफर एक्सप्रेसको रेलका यात्रीलाई हतियारधारी समूहले अपहरण गरेका थिए ।

अपहरणको सूचनालगत्तै सुरक्षा टोली उद्धारका लागि खटिएको थियो । त्यसक्रममा अपहरणमा संलग्न १६ जना मारिएका छन् ।

क्वेटाका वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफका अनुसार महिला र बालबालिकासमेत अपहरणमा परेका थिए ।

यसअघि नोभेम्बरमा, बीएलएले क्वेटाको मुख्य रेलवे स्टेशनमा भएको बम विस्फोटको जिम्मेवारी लिएको थियो । जसमा १४ सैनिकसहित २६ जनाको ज्यान गएको थियो ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु