प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार चौथो जित

छिनोफानो   सोमबार ०३, माघ २०७८ ०३:०५

काठमाण्डौ – प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ । 

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश एकलाई ६ विकेटले हराएको हो । प्रदेश एकले जितका लागि दिएको एक सय २ रनको लक्ष्य पुलिसले १३ ओभर एक बलमा ४ विकेट गुमाएर भेट्टायो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको थियो । जितसँगै समूह ‘ए’ मा पुलिसको ८ अंक छ । त्रिभुवन आर्मी क्लबको चार खेलमा ६ अंक छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु