बहराइनले यूएईलाई दियो बलियो लक्ष्य, डेविडले बनाए सर्वाधिक रन

छिनोफानो   सोमबार ०९, फागुन २०७८ ०१:२७

काठमाडौं। टी–२० विश्वकप छनोट समूह ‘ए’ अन्तर्गत बहराइनले यूएईलाई १ सय ७३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो।

उसका लागि डेविड म्याथियासले अविजित ४६, उमर इम्तियाजले ४२, हैदर बटले ३५ र कप्तान सरफराज अलीले ३२ रनको योगदान दिए। यूएईका लागि बासिल हमिद, काशिफ दाउद, कार्तिक मयप्पन र जवर फरीले १–१ विकेट लिए।

बहराइन दोस्रो जितेको खोजीमा छ। जमर्नीलाई ६ विकेटले हराएको बहराइन आयरल्यान्डसँग २१ रनले पराजित भएको थियो। बहराइनले आज यूएईमाथि फराकिलो जित हात पारेमा सेमिफाइनलमा पुग्ने सम्भावना छ।

यूएई समूह ‘ए’ मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। यूएईले आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो। आज यूएई विजयी भएमा ६ अंकका साथ अपराजित हुँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ।

तर, बहराइनसँग हारमा आयरल्यान्डलाई जमर्नीले हराउनु पर्नेहुन्छ। अर्को खेलमा जर्मनीले आयरल्यान्डलाई १ सय ८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु