यूएईसँगकाे खेलमा नेपाल बलिङ गर्दै

छिनोफानो   मङ्गलबार १०, फागुन २०७८ ०३:५६

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा यूएईसँगकाे खेलमा नेपालले बलिङ गरिरहेकाे छ । ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङ गरिरहेकाे हाे । 

आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

आजकाे खेलमा नेपालले एक जना परिवर्तन गरेकाे छ । कुशल मल्लकाे ठाउँमा विवेक यादवले माैका पाएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु