मुख्यमन्त्री अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

छिनोफानो   बुधबार ११, फागुन २०७८ ०४:५९

पाँचौ संस्करणको मुख्यमन्त्री अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजकले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तालीका सार्बजनिक गरेको हो । 

यहि फाल्गुन १९ गते देखि २८ गते सम्म धनगढी रंगशालाका सञ्चालन हुने उक्त प्रतियोगिताको  उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र दिल्ली फुटबल क्लब खेल्ने आयोजकलेृ जानकारी गराएको छ । १० टिमको सहभागीता रहने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको मुख्यमन्त्री अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप का अध्यक्ष सुरेश हमालले बताए । 

प्रतियोगिता मा मनाङ र दिल्ली सहित हिमालयन शेर्पा क्लब, नव जन जागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम–११ धनगढी, क्यामरुनको अवेनिरी फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाण्डौ, वाग्मती युथ क्लब, न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनायको छ  ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु