धनगढीमा ७ दिने आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

  सोमबार २१, भदौ २०७८ ०६:५७

धनगढीमा ७ दिने  आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।धनगढीमा महिला हिंसा विरुद्धको अभियान प्रहार द्धारा आयोजित ७ दिने आत्मरक्षा  प्रशिक्षण तालिम सम्पन्न भएको छ । 
प्रशिक्षणमा सुदूरपश्चिम प्रदेशका  २५ स्थानिय तहबाट  महिला र पुरुष गरी ५६ जनाको सहभागिता रहेको थियो । प्रशिक्षण गत मंगलबारबाट आयोजना गरिएको थियो भने  आज एक कार्यक्रमबाबीच समापन गरिएको हो ।

कार्यक्रमको प्रमुख आथित्यता राष्ट्रिय युवा परिसदका कार्यकारी उपाअध्यक्ष युवराज कुंवरले गर्नु भएको थियो भने विशिष्ट अतिथीमा दुर्गा भण्डारी र अतिथीमा सु प खेलकुद विकास समिती उप निर्देषक सुदय सागर जोशी, , उधोग वाणिज्य महासंघ कार्यकारी निर्देषक ज्योती भट्ट रहनु भएको थियो । 


 प्रमुख अतिथी  रहनुभएका  राष्ट्रिय युवा परिसदका कार्यकारी उपाअध्यक्ष युवराज कुंवरले  आत्मरक्षा प्रशिक्षण कार्यक्रमले दिनहु समाजमा हुने हिँसाजन्य गतिविदी न्युनिकरण मा सुधार आउने र निर्मला,भागरती, सम्झना बि क जस्ता चेलीहरु ले अकालमै ज्यान गुमाउनु नपर्ने बताउनु भएको छ । महिला हिंसा विरुद्धको अभियान प्रहार का अध्यक्ष प्रकाश चन्दले हिंसाजन्य घटना न्युनिकरणका लागि थालिएको अभियानलाई थप शसक्त बनाएर  हिसां अन्त्य गर्न का लागि आफूहरु लागि परेको यसलाई सबै पालिका ,प्रदेश हुदै देशव्यापी रुपमा सञ्चालन गर्न जरुरी रहेको अवगत गराउनु भयो ।,

प्रशिक्षण कार्यक्रमको मुख्य सहयोगीका रुपमा प्रदेश युवा परिषद्, २५ स्थानिय पालिका , भेन्यु पार्टनर कैलाली उधोग वाणिज्य संघ, प्राविधिक सहयोग राष्ट्रिय गोजुरियो कराँते–दो संघ नेपालको रहेको थियो । साथै चन्दले समाजिकहितमा रहेको तालिम आयोजनामा सहयोग गर्ने सम्पुर्ण संस्थालाई आभार प्रकट गर्नु भएको छ ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु