व्यावसायी दुर्गा प्रसाईं क्यान्सर अस्पताल खोल्ने योजनाका साथ धनगढीमा

छिनोफानो   बुधबार ०६, असोज २०७८ ०७:२५

व्यावसायी दुर्गाप्रसाद प्रसाईं  क्यान्सर अस्पताल खोल्ने योजनाका साथ धनगढी पुगेका छन्। मंगलबार धनगढीमा गरिएको पत्रकार भेट कार्यक्रममा बी एण्ड सीका सञ्चालक प्रसाईंले सो योजना बताएका हुन्। धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छु भन्ने, यो क्षेत्रका साथीहरुको प्रस्ताव आएपछि अस्पतालको संम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको प्रसाईंले बताए। झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएपछि काठमाण्डौं र सुदूरपश्चिममा पनि सुविधासम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने आफ्नो योजना रहेको उनले बताए।
 बी एण्ड सी अस्पताल दक्षिण पूर्वी एशियाकै अत्याधुनिक सुविधासम्पन्न  अस्पताल भएकोले यो क्षेत्रका बिरामीका लागी उपचार गर्न भारत जान ,नपर्ने यसले देश लाई विकाश गर्न ठुलो टेवा पुग्ने बताएका छन्। अस्पताल निर्माणका लागि सबैले सहज वातावरण बनाए चाडै अस्पताल सञ्चालनमा आउने र सो अस्पतालमा विरामीहरुले २० प्रतिसत सम्म छुट दिने उनको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु