खप्तड गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन शेर्पा खेल्दै

छिनोफानो   बुधबार २५, फागुन २०७८ ०१:०७

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् ।

पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्न लागेका हुन् । खेल दिउँसो चार बजे धनगढी रंगशालामा सुरु हुनेछ । आज जित्ने टोली फाइनलमा पुग्नेछ । मनाङ भारतको दिल्ली फुटबल क्लब र हिमालयन शेर्पाले सुदूरपश्चिम–११ लाई हराएको थियो ।

सर्वाधिक राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु