इपिएलमा ११ देशका २४ विदेशी खेलाडी:

छिनोफानो   शुक्रबार ०८, असोज २०७८ ०४:४८

 एभरेस्ट प्रिमियर लिग (इपिएल) टी -२० क्रिकेट प्रतियोगिता शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ।प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन्।

प्रत्येक टिममा ४-४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन्।

ती २४ खेलाडी विभिन्न ११ देशका छन्। श्रीलंकाबाट सबैभन्दा बढी ८ खेलाडीले इपिएल खेल्दैछन्।यस्तै टेस्ट टिमको कप्तान भइसकेका चार खेलाडी पनि इपिएलमा छन्।

हाल बंगलादेशको एकदिवसीय टिमका कप्तान तमिम एकबालसहित पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, जिम्बावेका टी-२० टिमको कप्तानी गरिसकेका सिकन्दर राजा र श्रीलंकाका पूर्वकप्तान उपुल थारांगा यसपटकको इपिएलमा मैदान उत्रनेछन्।शनिबार हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्दैछन्।
 इपिएलमा आबद्ध विदेशी खेलाडी र टिमका कप्तान
भैरहवा ग्लाडिएटर्स स् तमिम एकबाल (बंगालदेश), उपुल थारांगा (श्रीलंका),  धम्मीका प्रसाद (श्रीलंका), शर्भिन मुनिएन्डी (मलेसिया)   कप्तान- शरद भेषवाकर

चितवन टाइगर्सस्  मोहमद शाहजाद (अफगानिस्तान),  करिम जनत (अफगानिस्तान), सिकुगे प्रशन्न (श्रीलंका), विरनदीप सिंह (मलेसिया)  कप्तान – सोमपाल कामी 

पोखरा राइनोज स्  साहन अरचिगे (श्रीलंका), रिचार्ड लेभी (दक्षिण अफ्रिका), असेला गुणरत्ने (श्रीलंका), केसरिक विलियम्स (वेस्ट इन्डिज)  कप्तान – विनोद भण्डारी

विराटनगर वारियर्स स्  रायन पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्ट इन्डिज) , सिकन्दर राजा (जिम्बावे), दीलसान मुनावीरा (श्रीलंका)     कप्तान – करण केसी

काठमाडौं किंग्स ११ स् शाहिद अफ्रिदी (पाकिस्तान), जनक प्रसाद सिंगापुर०,  रायन बर्ल ९जिम्बावे०, राहमानुल्लाह गुरबाज ९अफगानिस्तान०  कप्तान – सन्दीप लामिछाने

ललितपुर प्याट्रिओट्स स्  अजमातुत्लाह ओमार्जाइ (अफगानिस्तान), ओसाडा फर्नान्डो (श्रीलंका), सान्दुन वीराकोडी (श्रीलंका), मिक्यो दोर्जी (भुटान)  कप्तान – कुशल भुर्तेल

तमिम एकबाल हाल बंगादेशका एकदिवसीय टिमका कप्तान हुन्। 

उपुल थारांगा सन् २०१६ मा श्रीलंकाको एकदिवसीय टिमको कप्तान बनेका थिए। सन् २०१७ मा उनलाई टी-२० टिमको कप्तान बनाइएको थियो। टिम लगातार पराजित भएपछि उनले २०१७ मै कप्तानी छाडेका थिए। 

सिकन्दर राजा पनि जिम्बावेका टी-२० टिमका पूर्व कप्तान हुन्। 

शाहिद अफ्रिदीले पाकिस्तानको टी-२०, एकदिवसीय र टेस्ट गरी तीनै टिमको कप्तानी गरेका थिए। 

कुन देशबाट कति खेलाडीरु
बंगलादेश -१
श्रीलंका – ८
मलेसिया – २ 
जिम्बावे – २ 
वेस्ट इन्डिज – २ 
क्यानडा -१
अफगानिस्तान – ४
पाकिस्तान – १ 
सिंगापुर – १ 
भुटान – १ 
दक्षिण अफ्रिका – १
यो समाचार सेतोपाटी बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु