ललितपुरमाथि काठमाडौंको शानदार जित, बर्ल र गुर्बाजले गरे छक्काको वर्षा

छिनोफानो   शनिबार ०९, असोज २०७८ ०३:५४

काठमाडौंः शनिबारदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स–११ ले विजयी सुरुवात गरेको छ। ललितपुर प्याट्रियटर्सलाई ८ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि रयान बर्ल र रहमानउल्लाह गुर्बाजले उत्कृष्ट ब्याटिङ अर्धशतकी पारी खेले। बर्लले ३४ बलमा ७ छक्का र ३ चौकासहित नटआउट ७३ रन जाड्दा गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५९ रनको योगदान दिए।

यस्तै, राजु रिजालले अविजित १९, अमित श्रेष्ठले ४ रन बनाउँदा सुवाश खकुरेल शून्य रनमा रनआउट भए। ललितपुरका पवन सर्राफले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर निर्धारित २० ओभर ८ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो। उसका लागि पवन सराफले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु