चेन्नई सुपरकिंग्स आइपिएल २०२१ को प्लेअफमा प्रवेश

छिनोफानो   शुक्रबार १५, असोज २०७८ ०९:०६

चेन्नई सुपरकिंग्स आइपिएल २०२१ को प्लेअफमा प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा हैदरावादलाई ६ विकेटलेपराजित गर्दै चेन्नईले प्लेअफमा स्थान पक्का गरेको हो। हैदरावाद भने समूह चरणबाटै बाहिरिएको छ।

बिहीबार पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेटको क्षतिमा १३४ रन जोड्यो।

हैदरावादका लागि ऋद्धिमान साहले सबैभन्दा बढी ४४ रन जोडे। बलिङमा चेन्नईका जोस हजलउडले ३ विकेट लिए। 

१३५ रनको लक्ष्य चेन्नईले २ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

चेन्नईका लागि रुतुराज गायकवाडले ४५ रन जोडे। फाप डु प्लेसिसले  ४१ रनको योगदान गर्दा अम्बाती रायदुले नटआउट १७ र कप्तान महेन्द्रसिंह धोनीले नटआउट १४ रन बटुले। 

बलिङमा हैदरावादका जासन होल्डरले  ३ विकेट लिन सफल भए। राखिद खानले  १ विकेट हात पारे। 

जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको चेन्नईले ११ खेलबाट १८ अंक जोडेको छ। पुछारको हैदरावादको ४ अंक छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु