कैलाली को मालाखेति अस्पतालमा निशुल्क स्वास्थ  शिविर

  बुधबार २३, भदौ २०७८ ०७:०९

कैलाली को मालाखेति अस्पतालमा विश्व फिजियो थेरापी  दिवस को    अवसरमा  निशुल्क स्वास्थ शिविर  संचालन भएको  छ। कार्यक्रम को आयोजना नेपाल फिजियो थेरापी सघं र गोदावरी नगरपालिकाले संयुक्त रुपमा गरेको थियो ।   शिविरमा ५३ जना बिरामाले  स्वास्थलाभ लिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख हरि सिङ साउदले अस्पतालमा आवश्यक सेवा सविधामा सुधार ल्याउन नगरपालिका पहल गरिरहेको बताउनु भएको छ ।

कार्यक्रमको सभाअध्यक्षमा डा युवराज पाण्डेय, प्रमुख अतिथीमा अस्पताल ब्यस्थापन समितीको अध्यक्ष समेत रहनु भएका  गोदावरी नगरपालिका का नगर प्रमुख हरि सिङ साउद, विशिष्ट अतिथीमा  स्वास्थ शाखा प्रमुख बिष्णु जोशी संगै कार्यक्रम संञ्चालन सुरेन्द्र प्रशाद पाण्डेय ले गर्नु भएको थियो ।  कार्यक्रममा  अस्पतालका मे सु पदम प्रकाश साप्कोटा ले सवागत मन्तब्य राख्नु भएको थियो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु