नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४६५ नमूना परीक्षण गर्दा १,०४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १६५ नमूनाको पीसीआर र ४ हजार ३०० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
जसमध्ये पीसीआर विधिबाट ८४९ र एन्टिजेन विधिबाट १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ । मन्त्रालयका अनुसार आज ९बुधबार० थप ८९१ जना कोरोनामुक्त भएका छन् ।
कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार १९४ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित ३३८ जनाको भेन्टिलेटरमा र ११५ जनाको आइसीयूमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ३७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस