आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

छिनोफानो   मङ्गलबार २६, मङि्सर २०८० ०९:३२

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ ।

त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन ।

इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो । उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ । तर त्यसमा नेपाली खेलाडी भने परेनन् ।

यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उनलाई कुनै क्लबले किनेका थिएनन् ।
सन्दीपले त्यसघिका तीन सिजन दिल्लीमा रहेर आईपीएल खेलेका थिए। अहिले बीसीसीआईले सर्टलिस्ट गरेका खेलाडीमा नेदरल्यान्ड्सका भान मिकिरन र नामिबियाका वाईसे मात्र रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु