नेपाल ५२ रनमै अल आउट, कुनै पनि खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन्

छिनोफानो   मङ्गलबार २६, मङि्सर २०८० ०१:३४

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा भारतसँगकाे खेलमा नेपालले लज्जास्पद ब्याटिङ गरेकाे छ ।

दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयाे । नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । यस्तै अर्जुन कुमाल र दिपक बाेहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बाेहरा १ तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए । यस्तै आकाश चन्द ४ रनमा नट आउट रहे । नेपालले १३ रन अतिरिक्त पाएकाे थियाे ।

बलिङतर्फ भारतका राज लिम्बानीले ७ विकेट लिए । उनले ९ ओभर १ बलमा ३ मेडनसहित मात्र १३ रन दिए । यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए ।

प्रतियाेगितामा नेपाल जितविहीन छ । नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले र दाेस्राे खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु