च्याम्पियन्स लिग : एट्लेटिकाे मड्रिड र म्यानचेस्टर सिटी विजयी, बार्सिलोना पराजित

छिनोफानो   बिहिबार २८, मङि्सर २०८० ०६:४२

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा एट्लेटिकाे मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा समूह 'ई' मा रहेको एट्लेटिकाे मड्रिडले लाजियोलाई २–० गोल अन्तरले हराएको हो ।

जितसँगै १४ अंक जोडेको एट्लेटिकाे मड्रिड समूहको शीर्ष स्थानमा छ । लाजियो भने १० अंक जोडेर दोस्रो स्थानमा छ ।

यस्तै, समूह 'जी'को खेलमा म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडलाई ३–२  गोल अन्तरले हराएको छ ।  १८ अंकसहित शीर्ष स्थानमा रहेको सिटी अहिलेसम्म अपराजित छ ।

यस्तै, समूह 'एच' को खेलमा बार्सिलोना पराजित भएको छ । रोयल एन्टवीपसँग बार्सिलोना ३–२ गोलले पराजित भएको हो । बार्सिलोना १२ अंकसहित समूहको शीर्ष स्थानमा  छ । रोयल भने ३ अंक जोडेर पुछारमा छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु