एनएसएलमा आज काठमाण्डाै र धनगढी खेल्दै

छिनोफानो   सोमबार ०२, पुष २०८० १०:२५

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र काठमाण्डाै रेजर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुने छ ।

धनगढी ५ खेलबाट ११ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । गएको संस्करणको च्याम्पियन काठमाण्डाै ५ खेलबाट ८ अङ्ककासाथ चौथो स्थानमा छ । आजको खेल जितेमा धनगढीले शीर्ष स्थानमा तीन अङ्कको अग्रता बनाउने छ । काठमाण्डाैले जितेमा शीर्ष स्थानको धनगढीसँग अङ्क बराबरी गर्नेछ ।

रङ्गशालामा त्रिभुवन विश्वविद्यालयकाे दीक्षान्त समाराेह हुने भएकाले हिजाेकाे खेल आज बेलुका ६ बजेलाई सारिएकाे हाे । यस्तै, आज बेलुका पाँच बजे हुने भनिएकाे स्पाेर्टिङ इलाम र ललितपुर सिटीबीचकाे खेल भाेलि दिउँसाे एक बजेका लागि सारिएकाे छ । भाेलि दुई वटा खेल हुनेछन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु