एनएसएल : पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै

छिनोफानो   शुक्रबार ०६, पुष २०८० ०९:२१

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ ।

पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ । पोखरा प्लेअफमा पुगिसकेको छ । धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ । हारेमा भने अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।

आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन बेलुका ५ बजे खेल्नेछन् । चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अङ्क र पुछारमा रहेको चितवनको समान खेलमा ६ अङ्क छ । झापाले आजको खेल जितेमा प्लेअफमा पुग्नेछ । तर बराबरी या हारले अरु खेलको नतिजामा निर्भर हुनेछ । चितवन प्लेअफ होडबाट बाहिरिसकेको टोली हो । यी दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् ।

हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाण्डौ रेजर्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौF र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु