एसियन कप फुटबल : उज्वेकिस्तानले भारतलाई हरायो, अस्ट्रेलिया अन्तिम १६ मा

छिनोफानो   शुक्रबार ०५, माघ २०८० ०८:१४

काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा उज्वेकिस्तानले भारतलाई हराएको छ । 

कतारको अहमेद बीन अलि  स्टेडियममा गएराति भएको समूह 'बी' को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० गोलले हराएको हो।

जारी प्रतियोगितामा भारतको यो दास्रो हार हो । पहिलो खेलमा अस्ट्रेलियासँग भारत २–० गोलले हारेको थियो ।

यसअघि हिजै भएको समूह 'बी' को अर्को खेलमा अस्ट्रेलियाले सिरियालाई १–० गोलले हराएको थियो । योसँगै अस्ट्रेलिया एसिया कप फुटबलको अन्तिम १६ मा परेको छ । गएराति भएको समूह 'सी' को खेलमा भने प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स, यूएईले १–१ गोलको बराबरी खेलेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु