आईपीएल क्रिकेटको १७ औँ संस्करण आजदेखि, उद्घाटन खेलमा चेन्नई र बेङ्गलाेर खेल्दै

छिनोफानो   शुक्रबार ०९, चैत २०८० १०:५१

काठमाण्डाै – इन्डियन प्रिमियिर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करण आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज राति चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलोर खेल्दैछन् । खेल राति सवा ८ बजे चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम स्टेडियममा हुनेछ । 

चेन्नई र बेङ्गलोरबीच अहिलेसम्म ३१ खेल भएकोमा चेन्नईले २० र बेङ्गलोरले १० खेल जितेको छ । १ खेल नतिजाविहीन भएको छ । यस्तै पछिल्लो ५ खेलमा चेन्नईले ४ र बेङ्गलोरले १ खेल जितेको छ । चेन्नईले अहिलेसम्म ५ पटक उपाधि जितेको छ । बेङ्गलोर ३ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । चेन्नई गएको संस्करणको विजेता पनि हो ।

यसैबीच चेन्नईको कप्तानी रुतुराज गायकवाडले सम्हाल्दै छन् । आईपीएलको पहिलो संस्करण सन् २००८ देखि नै कप्तान रहेका महेन्द्रसिंह धोनीले आफ्नो कप्तानी हिजो गायकवाडलाई दिएका क्रिक इन्फोले जनाएको छ ।

आजदेखि शुरु भएको प्रतियोगिता आउँदो मे २६ सम्म चल्नेछ । प्रतियाेगितामा बेङ्गलाेर, चेन्नईसहित गुजरात टायटन्स, सनराइजर्स हैदराबाद, काेलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, मुम्बई इन्डियन्स, पन्जाब किङ्ग्स, राजस्थान राेयल्स र दिल्ली क्यापिटल्स गरी १० वटा टाेली सहभागी छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु