आईपीएल क्रिकेटमा आज गुजरात र हैदराबाद तथा दिल्ली र चेन्नई खेल्दै

छिनोफानो   आइतबार १८, चैत २०८० १२:२०

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् ।

गुजरात र हैदराबादले यसअघि खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेका छन् । त्यस्तै अर्को खेल बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुनेछ । यसअघिका दुई खेलमा जितसहित चेन्नई तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा हार बेहोरेको दिल्ली तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

गए राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हरायो । लखनउको दुई खेलमा यो पहिलो जित हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु