सुदूरपश्चिम प्रदेशमा रेबिज विरुद्धको खोप ( ARV) अभाव,खोप नहुँदा बिरामीहरू प्रदेश बाहिर जानु पर्ने बाध्यता

पवन भण्डारी   बिहिबार २०, बैशाख २०८१ ०९:४२

पवन भण्डारी,धनगढी । सुदूरपश्चिम प्रदेशमा रेबिज विरुद्धको खोप एन्टी रेबिज भ्याक्सिन (ARV )को अभाव देखिएको छ । प्रदेश आपूर्ति केन्द्रले समय मै  खोप उपलब्ध नगराउँदा अभाव देखिएको हो ।
प्रदेशका प्राय सबै जिल्ला अस्पतालहरूमा यो खोप सकिएको भए पनि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले भने खोप आपूर्ति बारे कुनै चासो देखाएको छैन । जिल्ला अस्पताल अछाममा  गत चैत्र २७ गते देखि रेबिज विरुद्धको खोप सकिएको अस्पतालले जनाएको छ । 
अस्पतालले एक सूचना जारी गर्दै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले समयमै खोप उपलब्ध नगराउँदा जिल्ला अस्पतालमा रेबिज विरुद्धको खोप सकिएको र सेवा ग्राहीलाई रेबिज विरुद्धको खोप एन्टी रेबिज भ्याक्सिन दिन नसकिने भन्दै सूचना जारी गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले खोप आपूर्तिमा गरेको ढिलाइका कारण हजारौँ नागरिक यो खोपकै लागि प्रदेश बाहिर जानू पर्ने बाध्यता  रहेको छ । 
जिल्ला अस्पताल अछाममा रेबिज विरुद्धको खोप लगाउन आएका नागरिकले सुर्खेत या धनगढी धाउनु पर्ने बाध्यता रहेको छ । अछाम जिल्लाका निजी क्लिनिक तथा बयल गडा हस्पिटलमा समेत खोप सकिएको स्थानीय नागरिकहरू बताउछन ।
स्वास्थ्यको दृष्टिले संवेदनशील मानिने खोप जिल्लाहरूमा सकिए पनि आपूर्ति केन्द्रले कुनै वास्ता गरेको छैन ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा नीरज अर्यालले एन्टी रेबिज भ्याक्सिन खरिद केन्द्रले गर्ने बताए । उनले भने परिवार कल्याण महाशाखाको खोप इकाईले भ्याक्सिन देश भरका लागी खरिद गर्ने भए पनि ढिलाइ गर्दा प्रदेशमा खोपको अभाव भएको बताए । आफूहरूले खोप निर्यातका लागी पहल गरिरहेको र एक हप्ता भित्र खोप पुग्ने डाक्टर अर्यालले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु