३ दिनमा अतिरिक्त सेवा बापतको भुक्तानी नपाए सेवा ठप्प राख्ने बैतडीका चिकित्सक चेतावनी,सामाजिक विकास मन्त्रालयले वास्ता नगरेको आरोप

पवन भण्डारी   शुक्रबार २८, बैशाख २०८१ १२:२२

पवन भण्डारी,धनगढी ।  जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक सहित विभिन्न फाँटमा कार्यरत कर्मचारीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । ९ महिना देखि अतिरिक्त सेवा तथा सार्वजनिक बिदाको दिन काम गरे बाफतको भत्ता नपाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन । 

प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पटक पटक पत्राचार गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नु परेको विज्ञप्तिमा उल्लेख रहेको छ । सेवा सुविधा बारे समन्धीत निकायमा कुरा गर्दा नियम विपरीत परिपत्र जारी गर्ने ,चिकित्सकहरूको सरुवा गर्ने लगायतका कार्यहरू मात्र भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अबको ९६ घण्टा भित्र आफूहरूको माग सम्बोधन नभए इमरजेन्सी र वार्ड बाहेकका सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । अस्पतालका निमित्त प्रमुख डा हरिस चन्द्र विष्टले आफूहरूले पटक पटक सामाजिक विकास मन्त्रालयमा जानकारी गराउँदा पनि कुनै वास्ता नै नगरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको बताए । उनले भने हामीहरू दिनरात न भनेर काम गछौ तर आफुुले पाउनु पर्ने भत्ता समेत आफूहरूले पाउन आन्दोलन गर्नु गर्नु पर्ने बाध्यता आयो उनले भने । 

तर सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव चक्र पाणि पाण्डेले आफूहरूले प्रत्येक अस्पतालहरूमा बजेट दिएको  बताए ।  अस्पतालले कति खर्च भयो कति बाकी रहेको छ र कति चाहिन्छ भन्ने बारे कुनै जानकारी नै नदिएको बताउँदै अस्पतालले पहिले पटाएको पैसाको खर्चको विवरण नपठाउँदा थप पैसा पठाउन नसकेको बताए । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु