अछामका (राम्या)को  जिवनको  भोगाई.......

छिनोफानो   शनिबार ०८, असार २०८१ ०४:३२

पछिल्लो समय डेउडा गितको क्षेत्रका लागी प्रवास बाट सबैको बोलीमा आउने नाम हो गायक राम प्रसाद भण्डारी (राम्या)। उनी हाल रोजगारीको सिलसिलामा भारतको राजकोट  बस्दै आयका छन । 

अछामको मङ्गसेन नगरपालिका ६ घर भएका भण्डारी सानै देखि गीत सङ्गीत मा रुचि राख्थे । गायक बन्ने चाहाना राखेका भण्डारी लाई उनको घरको पारिवारिक स्थितिले सपना पूरा गर्न निकै गाह्रो थियो । घरपरिवार चलाउन कै लागि उनी सानै उमेरमा प्रवास छिरे । प्रवासमा पनि सोचे जस्तो कहाँ हुन्छ र ?  उनले धेरै सङ्घर्ष गरे तर उनी सफल हुन सकेनन् ।

गायक राम प्रसाद भण्डारी (राम्या) सँगको कुराकानी पछि उनको जीवन कहाँनी आज हामीले छिनोफानो डटकममा राखेका छौ । सानै उमेरमा घर बाट मामा घरमा बस्दै आएका राम्या उनले खासै अभिभावकको भूमिका कसैले निर्वाह गरेनन् । उनले  आफ्नो जीवन कहानी भक्कानिँदै यसरी सुनाएँ । गार्जन नभएको र  पूर्ण ज्ञान र अर्ध शिक्षित युवा यसरी भौतारिदा रैछन भन्ने मेरो जिन्दगीको  उतार चढावले प्रस्ट्याउँछ  । 

म सानै हुँदा मेरो घरको परिस्थितिले प्रदेशिन  बाध्य भए । केही मेरो बाल्यकालको बालापनमा गरेको गल्तीले पनि पर्देशिय  म । मैले गरेको गल्ती तेह्र वर्षको हुँदा हाम्रो गाउँमा एउटा पसलमा चोरी गरेको थिए ।  तर मलाई  यसो गर्न हुन्न यस्तो गर्नु पर्छ भन्ने कोही पनि थिएनन् । मैले आफूले जे सोचे जे मन मा लाग्यो सो गर्न थाले । मलाई सम्झाउने कोही थिएन ।  किनकि मामाको घरमा हुर्केको हुँदा मामा घर बज्यैले मलाई  अति माया गर्नु हुन्थ्यो ।

 बज्यैको माया न हो आफ्नो नातिले गलत गरेको भए पनि उहाँ अरूलाई केटाकेटी त हुन गलत भई हाल्छ भनेर झगडा गर्नु हुन्थ्यो ।   भन्छन् नि धेरै प्रेम र  धेरै दुस्मनी पनि ठिक हुँदैन भनेर । सायद धेरै भन्दा धेरै मांयाले बिगारेको होकि मलाई  

जस्तो पनि लाग्छ  । जब सानै उमेरमा  प्रदेश आए मेरो बुवा जीवित हुनुहुन्थ्यो   बुवा सँगै बसे । बुवा हुँदा सम्म मेरो प्रदेशको बसाई निकै सुखद रहयो पछि बुवा घर आउनु भयो । बुवाले मलाई घर जाऊ भन्दै थिए तर मैले घर जान मानिन ।

मैले भने तपाई जानुहोस्  म यतै नौकरि गर्छु मैले मेरो बुवाको भनेको पनि सुनेन । बुवा घर जानु भयो । लामो समय पछि बुवा फेरी आउनु भयो त्यो म    सहनसिल्ता भन्दा धेरै टाढा सम्म पुगी सकेको थिए  

बुवा ले मेरो चालचलन लाई  देखेर  त कैलै काम लाग्दैन भनेर  गइहाल्नु भयो  । अनि म सोच्न लागे म सानै हुँदा मलाई मामाको  घर पठाउनु भयो अनि अहिले आएर मलाई नै दोषी ठान्न हुन्छ  मनमनै रिस बोकी रहेको थिए । अनि म जोसङ बस्थे उनीहरूले मलाई  रक्सिएको पसलवाला कहाँ परिचय गराएका थिए । यो मान्छेको हातमा हांमि पैसा दिन्छु तैँले रक्सी दिनु भनेका थिए । आफ्नै गाउँका आफन्तहरू सँगै  रुम बनाएर बस्ने म आफू भन्दा ठुलाले भनेको काम गर्नु पर्छ भन्ने थियो । म दैनिक जसो उनीहरूलाई रक्सी ल्याउँथे । 

दैनिक रूपमा रक्सी ल्याउँदा ल्याउँदै मैले एक दिन सोचे आज म पनि बिचार गरुन् त यो कस्तो हुन्छ भनेर । मैले आफूलाई लुकाएर  एक क्वाटर लिएर गए । खांदाखेरि मजा आउँदा रहेछ एक दिन खाइयो दुई दिन खाइयो गर्दागर्दै  दैनिक खान थाले म ।  

एक दिन सुन्नमा आयो बुवा बिमारी छन भनेर  । बुवालाई डाक्टर कहाँ लिएपछि  लिवर फेलछ भन्या । म त्यो बेला दिन भरी काम गरेर बेलुका खान भए पुग्ने गरी काम गर्थे । मलाई भविष्यबारे कुनै चिन्ता थिएन तर त्यो दिन बुवा अस्पतालको बेडमा हुँदा र आफू सँग पैसा नहुदा मन यती पोलेको थियो त्यो कल्पना समेत मैले गर्न सक्दैन । मलाई लाग्यो मैले धन कमाएको भय  ठुलो अस्पतालमा बुवाको उपचार गराइन्थ्यो सोचे ।

 तर भगवाललाई अरू नै मन्जुर रहेछ । जब म  समस्यामा पुगे ना नत मेरो खल्तीमा एक पैसा थियो, नत राम्रो लगाउने लुगा थियो । पैलो चोटि भारत आयको मान्छे बाटोमा एक्लै कसरी जाने भनेर  सोचिरहेको थिए  दुई जना नेपाल जांनेहुन भन्दा सुने तर आजकाल जस्तो मोबाइल पनि थिएन  एक रुपियाँ क्वाइन  हालेर  फोन गरिन्थ्यो  । म नेपाल जाने सुरसार त गरे .... बाकी अर्को भागमा 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु