अछामका राम्याको यात्राको आत्म कथा (भाग २)

छिनोफानो   शनिबार २२, असार २०८१ ०५:०८

स्टेसन पुगेर जब ति दुई जनाले आज हामी जाँदैन भन्दा  बुवाको अनुहारमा  निराशा देख्दा मन भकान्निएर आयो  स्टेसन पुर्‍याउन आउनु भएको दाजु अनुहार देखेँ साइँलो ठुलाको अनुहार देखेँ माइलो ठुलाको अनुहार देखेँ माइलो बाटको दाइको अनुहार देखेँ  सबै एक अर्कालाई हेरि रहेका थिए   । दुख्खत सबैलाई लागेको थियो तर के गर्ने समस्या गराइ दिने पैसा हो  माइलो बुवाका पनि आर्थिक स्थिति कमजोर थियो माइलो बाटको ठूल्दाइ पनि खाने पिउने हुनुहुन्थ्यो दाजुले भर्खरै  सांनोसांनै घर बनाएर रिनजोखो गरेर प्रदेश आएका थिए साइँलो बुवाबाट भाइ बहिनी कोही थिएनन् ।

साइँलो आंमांको हात भागेको थियो आफैँ कर्जामा हूनुहुनथ्यो । कसैलाई केही सुतिरहेको थियंन एक्कासि साइँलो बुवाबाट  आवाज आयो जा राम्या  जा  मरिगया फालिइजाए बांचिगया घर पूर्याएई भन्नुभयो अनि रेल गाडी मा बसेर नेपाल लागियो । 

भारतको ग्वालियर पुगी सकेपछि एक जना मेरै छिमेकी गाउँका मान्छे मिले जोकी मेरो बुवाको मावली पर्थे ा भारतको मथुरा बाट अर्को रेल गाडीमा बसेर मैलानि प्रिया गौरिफंन्टा हुँदै धनगढी पुगियो ।धनगढी पुगेर अछामी होटेल सरसामान राखियो र

अछाम को टिकट काटियो  धनगढीमा हल्ला खल्ला चलेको थियो बाटो माओवादी हरूले बस रोकाउँछन् भनेर किनकि त्यो समयमा माओवादीको साथै चर्का चर्की थियो  मैले बुबालाई भने हिटन सकिन्न भने फोन गरेर गाउँले दाजुभाइलाई खबर गरौँ भन्दा बुवाले  भन्नू भयो खबर गर्नु पर्दैन म आफै हिटी जान्छु भन्नुभयो साँफेबगर पुगियो त्यो बेला यातायातको व्यवस्था साँफेबगर सम्म मात्र थियो । साँफेबगर बाट चिया नास्ता गरेर   घरको लागि हिटियो । छिपे खोला तरेर बैलगडाको उकालो हिँड्दा पिपलको रुखनिर पुगिसकेपछि बवाले मत सक्दैन  छोरा भन्नुभयो  जाऊ बयलगाडाबाट फोन गरेर मंगलसैन बाट घर जान्ने जोभयपनि खबर पठाइ माग्नु भन्नुभयो ।सामानको बोरी पिठिउँमा बोकेर बुबालाई पिपलको 

रुखको शीतलमा बसालेर  म हिटे बैयलगडा । 

 

बयल गडा सामान राखेर फर्किए बुवा एकाएक  सरि राख्नु भएको थियो  अनि हात समातेर बिस्तारै बिस्तारै हिटालेर कहिनिर पिठ्युँ लगाएर बयल गडा सम्म पुराए । बयल गाडा बाट सामान राखेर आउँदै बुवालाई लिएर गर्दागर्दै बाटोमा मेरो कान्छो भाइ भेटियो । जोकी सानैदेखि मेहनती थियो घरको जिम्मेवारी सम्हालेको थियो  आमा र बैनीको देखभाल मजदुरी गरेर चलाउने गर्दथ्यो । त्यो दिन पनि साहुकै भारी बोकी रहेको थियो मेरो भाइलाई र मलाई यस्तो अवस्था आयो । मैले भाइलाई घर पनि लिन सकेन  भाईले जन्मिदिनू बुवालाई घर पनि पुर्‍याउन सकेन गरिबीले । मान्छेका इच्छा आकाङ्क्षा कर्तव्य सबैलाई दबाएर राखिदियो रहेछ भन्ने महसुस भयो मेरो दुई भाइलाई । 

आँखाभरि आए आँसुलाई आंखामाई समेटेर छुट्टिन बाध्य भइयो जसरी तसरि घर पुर्याईयो बुवालाई अनि गा उमा नानाथरीका कुरा हूनथाले अब फलानो मर्ने भयो  रिणपनि धेरै छ केटाकेटी पनि सांन्कै छन । बुवाले मलाई पटक पटक बोलाउन पठाऊनूहुन्थ्यो उहाँले आउँदैनन् फेरि बुवा मलाइ रिसाउनु हुन्थ्यो ।एक दिन गाउँकै दुई चार जनाको पैसा दिनू थियो  । उनीहरू आएर मेरो बुबालाई भने अब तेरो भर छैन जति बेला पनि मर्न सक्छ हाम्रो पैसाको कसले दिने केटाकेटी ढंगीला छैनन् । तेरा नत त सँग जिमी जग्गा छ हामीलाई प्रमाण दिजा भने सबै जना साहुहरूले तमसुक बनाउने  मिलेर तमसुक बनाउने तयारी गर्दैथिय । एक बवाले भन्नु भयो 

तिमिहरू बनाउने भए बनाऊ म तमसुक बनाउँदै न भन्नुभयो  एकनाले तमसुक बनायो साँझको खांनाखांने बेला बुवाको अनुहार मानसिक तनाव देखिरहेको थियो  अनि बिहांनै उठेर बुवाले मलाई र आंमांलाई बोलाएर भन्नुभयो, हेर मैले तिमिहरूको लागि केही गर्न सकेन भन्नुभयो र आंमांलाई पनि भन्नू यो जुनी मैले तिम्रो लागि केही गर्न सकेन तिमिलाई दुख्ख बाहेक केही दिएन मलाई क्षमा गर । 

मेरो अन्तिम इच्छा पनि परा नहुने भयो बाबु भाग्य भन्दा ठुलो केही हुँदैन तर तिमिहरूलाई एउटा बचन दिन्छु म भन्नुभयो । मैले नकमाउन त सकेन तर कर्म गरेको छु भने प्रवेशमा बास मिल्ला खानलाई गाँस मिललाभन्नु भयो र बवाले आफ्नो परांन त्याग्नु भयो । नातागोता इष्टमित्र दाजु भाइ सबै आएर अन्तिम विधि विधान गरियो र कहिदिन त्यस्तै गयो । गांउको कसैले भन्न लागे अब राम्याको विवाह गरिदिनु पर्‍यो कसैले भन्न लागे अहिले हुँदैन कसैले हून्छ  भन्छन । एक दिन आमा सँग र ठुलठुला सँग सोधे हुन्छ भने ।

भगाएर ल्यायो भने भन्नुभयो मैले पनि सोचेँ लौत अब बेहुलीको खोजी गर्नपर्‍यो खोजी कार्य सुरु गरि। इष्टमित्र कहां जान थले झोले पनि दिँदैन भन्छन् ।

उति बेला माग्ने चलन थियो अहिलेका जस्तो फेसबुक जमाना थिएन जता जांउ उता एउटै जबाफ आउँथ्यो । 

 

मैले बसोबास गर्ने गाउँमा बर्षदिन सम्म तिहार नबनाउने तेर दिनसम्म जुठो मानिरहनू पर्ने ,भाइबूहारि बाट टाढा हनूपर्ने जन्तबर्यात जान्नै पर्ने यो कस्तो रीतिरिवाज होला भनेर अचम्मित थिए म । साइ रोपाइँ गर्नुपर्ने  भाइचारा निभाउनै पर्ने तर विवाहको लागि मावली सोधिने  यो कस्तो अचम्मरैछ भनेर म आफै मख्ख हुन्थे  । अल्लारे जोबनले हरेक तरहका सोच आउँथे सानैदेखि मामाघर बसेको मान्छे सायद मेरो परिवार यो गाउँको होइन कि क्या हो सोंचथे सायद मेरो बाउ बाजे कतैबाट आयल यो गाउँमा बसेको होकि क्या हो तेइभयर गाउँको चालचलन मान्नपर्छ कि क्या हो 

नोट ः कृपया यो लेखमा अछामी शब्दहरू धेरै प्रयोग भएका छन । बुझ्ने प्रयास गर्नु होला । बाकी अर्को भागमा...................

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु