गायक नेत्र रावलको डेउडा गीत बिराना मूलकले सर्वोत्कृष्ट अवार्ड पाउन सफल

छिनोफानो   सोमबार १०, असार २०८१ ११:५२

गायक नेत्र बहादुर रावलको डेउडा गीत बिराना मूलकले सर्वोत्कृष्ट नव देउडा गायक अवार्ड पाउन सफल भएको छ । जयप्राप्ती म्युजिक अर्वाड २०८१ अन्तर्गत शनिवार भएको छनौटमा सो गीत ले अवार्ड पाउन सफल भएको हो  ।

अछामको मंगलसैन नगरपालिका १२ बिर्कुमा जन्मनु भएका गाएका रावल पछिल्लो समय प्रवास बाट गीत सङ्गीत तिर लागी रहनु भएको छ ।

अवार्ड प्राप्त पछि छिनोफानो डटकम सँग कुरा गर्दे रावलले भने आफूले गरेको  कामको केही भए पनि मूल्याङ्कन भएको छ । अझै काम गर्ने आट जाग्यो । रावलले अझै थुप्रै गीतहरू बजारमा ल्याउने तयारी रहेको बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु