अछामका राम्याको स्वर र रतन रिमालको अभिनयमा रहेको कलेजी चुडाईगै गितको म्युजिक भिडियो सार्वजनिक

छिनोफानो   बुधबार २६, भदौ २०८१ ०२:४०

धनगढी । अछाम जिल्ला मंगलसैन नगरपालिका ६ मा जन्मीनु भएका डेउडा गायक राम प्रसाद भण्डारी राम्याको  डेउडा कोसेली कलेजी चुडाईगै गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक भण्डारीको आफनै युटुब च्यानबाट बजारमा आएको उक्त गितमा  लय र शब्द  राम प्रसाद भण्डारी कै रहेको छ भने स्वर र राम प्रसाद भण्डारी र शोभा थापाको रहेको छ ।  खुमन शाहीका निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा अभिनय रतन रिमाल,बिबेक भण्डारी  र किरण सुनारको रहेको छ ।

बिषेश रेर्कडिङ स्टुडियो बाट रेर्कड भएको उक्त गितले माया प्रेमलाई दर्षाएको छ । बन पाखा र रोपाईको सम्भना दिने उक्त गितमाभारतको पुणेका बिभिन्न स्थानमा छाँयांकन गरिएको छ । पछिल्लो समय गित संगीतमा प्रबासबाटै अमुल्य योगदान गरिरहनु भएका भण्डारी भारतको राजकोटमा बस्दै आएका छन । 

दर्जन बढी गितहरुमा आफनो स्वर दिईसकेका भण्डारी भन्छन अझै सोचे अनुसार गर्न सकेको छैन । मलाई भ्युज होईन दर्षकले सबै परिवार बसेर हेर्न मिल्ने गित बनाउनु छ । गित संगित तर्फको पछिल्लो अवस्थामा चलिरहेको छाडापन लाई गाएक भण्डारी भन्छन यस्ले सस्कृती माथि असर परिरहेको छ ।

 हामी ससैले सस्कृती जोगाउन लाग्नु पर्छ उनले भने । आगामी दिनमा पनि आफना गितहरु बजारमा आउने तयारीमा रहेको बताउदै उनि भन्छन सबैले माया गरिदिनु होला सुझाब सल्लाह दिनुहोला मलाई अगाढी बढ्न सहज हुनेछ । 
भिडियो सहित 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु