साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टिमलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ १२:०८

साफ च्याम्पियनसिप २०२१ को उपविजेता बनेको नेपाली फुटबल टिम सोमबार विहान स्वदेश फर्किएको छ। ल्दिभ्सबाट स्वदेश फर्किएको नेपाली टिमको स्वागतका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज विमानस्थल पुगेका थिए। नेपाली टिमलाई ब्यान्ड बाजा बजाएर स्वागत गरिएको थियो।

एन्फाका पदाधिकारी तथा फुटबल प्रेमी पनि  स्वागतका लागि उपस्थित थिए। प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने परिवारसँग छुट्टी मनाउन कुवेत गएका छन्। अलमुताइरीले नेपालसँगको सम्झौता थप गर्ने विषयमा छुट्टी मनाएपछि विचार गर्ने बताएका छन्। 

यस्तै नेपाली टिमका खेलाडी रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया गएका छन्। रोहित इन्डोनेसियाको लिग-१ क्लब पेर्सिजा जाकर्तामा आबद्ध छन्।

साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो। फाइनलमा भने भारतसँग ३-० ले पराजित हुँदा नेपाल उपविजेतामै सीमित बन्न परेको थियो।

सेतोपाटी

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु