हत्या गर्ने अभिप्रायले म माथि गोली चलाइयो : ट्रम्प

छिनोफानो   मङ्गलबार ०१, साउन २०८१ ११:१३

यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्न आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने ट्रम्पले बताएका छन्

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो हत्या गर्ने अभिप्रायले आक्रमण गरिएको बताएका छन् । अमेरिकी सञ्चारमाध्यम ‘न्युयोर्क पोस्ट’सँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । आक्रमणमा ‘आफू मारिने सम्भावना’बाट उम्केको उनले बताए ।

रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्युयोर्क पोस्ट’लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, ‘सायद, म यहाँ हुने थिइनँ, म मरेको हुन्थेँ होला ।’

शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानलाई छोएर थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एकजना दर्शकको मृत्यु भएको र अन्य दुईजना घाइते भएका थिए । ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्न आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए ।

उनले भने, ‘घटनापछि धेरैले भनिरहेका छन् कि भाग्यले वा भगवान्को कृपाले म अझै पनि जीवित छु । गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे । उनले भने, ‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी मलाई भिडबाट बाहिर निकालेका थिए ।’ ‘उनीहरूले उत्कृष्ट काम गरे,’ उनले थपे, ‘यो हामी सबैका लागि अवास्तविक छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु