पेरिस ओलम्पिकको 'शुटिङ' मा नेपालकी सुस्मिता पहिलो चरणबाटै बाहिरिइन्

छिनोफानो   आइतबार १३, साउन २०८१ ०३:१७

काठमाण्डाै – पेरिस ओलम्पिकको 'शुटिङ' मा नेपालकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

आज भएको महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले ६ सय ७ दशमलव ८ पोइन्ट्स प्राप्त गर्दै ४२ औँ स्थानमा रहेर बाहिरिइन् । महिला १० मिटर एअर राइफलमा दक्षिण कोरिया, नर्वे, स्विट्नरल्यान्ड, चीन, भारत, काजकिस्तान र अमेरिका गरी ९ वटा देशका खेलाडी दोस्रो चरणमा पुगेका छन् ।

पेरिस ओलम्पिक अन्तर्गत हिजो भएका खेलमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका थिए । प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ भने स्यान्टु बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु