गोरखा पहिरो अपडेट : घाइतेको हेलिकप्टरबाट उद्धार

छिनोफानो   आइतबार १३, साउन २०८१ ०३:२९

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

कैलाश एयरको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

पहिरोमा परि सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भीर रहेको बताइएको छ । पहिरोमा परि बेपत्ता भएकाहरुको भने खोजी कार्य भइरहेको डीएसपी श्रेष्ठले बताए ।

‘हाम्रो टोली र स्थानीय मिलेर खोजी कार्य भइरहेको थियो,’ उनले भने, ‘अहिले नेपाली सेनाको टोलि पनि घटनास्थल पुगिसकेको छ ।’ जेसिभी प्रयोग गरेर वेपत्ताहरुको खोजि कार्य भइरहेको उनले जानकारी गराए ।

आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन् । बेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु