वीरगञ्ज महानगरले नदी फोहोर गर्ने उद्योगभित्रै फोहरमैला थुपारिदियो

छिनोफानो   सोमबार १४, साउन २०८१ १२:२०

काठमाण्डौ – वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी फोहोर गर्ने तीन वटा उद्योगलाई कारबाही स्वरूप उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ ।

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्र्याक्टरमा फोहरमैला राखेर परवानीपुरको अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो ।

महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले उद्योगको परिसरमा प्रतिकात्मक कारबाही स्वरूप फोहरमैला खसालिदिएको बताउनुभयो । उहाँले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका बताउनुभयो ।

महानगरले गएको वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए ।

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु