आफ्ना नेतालाई आज रिहा नगरे फेरि आन्दोलन चर्काउने बङ्गलादेशका विद्यार्थी सङ्गठनको चेतावनी

छिनोफानो   आइतबार १३, साउन २०८१ ०४:१०

बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ ।

प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका क्रममा कम्तीमा दुई सय पाँच जनाको ज्यान गएको थियो । प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको याे सबैभन्दा ठूलो उथलपुथल हो ।

सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेश लागू भएको एक हप्ताभन्दा धेरै समय बितिसकेकाे छ । प्रहरीले विद्यार्थी नेताहरूसहित हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

आन्दोलनको आयोजक 'स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन' का सदस्यले आरक्षण विरोधी अभियान चलाएका थिए । सर्वोच्च अदालतले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका नायक वा दिग्गजका परिवारलाई दिँदै आएको आरक्षण खारेज गर्न परमादेश जारी गरिसकेको छ । तर पक्राउ परेकाहरूलाई रिहाइ, उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता र आन्दोलनमा दमन गरेका प्रहरी र सेनाका अधिकारीको बर्खास्तीको माग राखेर विद्यार्थीहरूले सरकारलाई विभिन्न चेतावनी दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु