इजरायल–हिजबुल्लाहबीच तनाव बढेसँगै लेबनानको बेरुत विमानस्थलबाट हुने उडान रद्द

छिनोफानो   सोमबार १४, साउन २०८१ ०६:४९

इजरायल र हिजबुल्लाहबीचको तनावलाई लिएर एअरलाइन्सहरूले लेबनानको बेरुत विमानस्थलबाट हुने उडान रद्द गरेका छन् । इजरायल र लेबनानको विद्रोही समूह हिजबुल्लाहबीच युद्धको सम्भावनालाई मध्यनजर गर्दै एअरलाइन्सहरूले बेरुत विमानस्थलबाट हुने उडान रद्द गरेका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

जर्मनीको लुफ्थान्सा, स्विस इन्टरनेशनल एअरलाइन्स, युरोविङ्ग्स लगायतले बेरुत आउने÷जाने पाँच वटा रुट भोलिसम्मका लागि निलम्बन गरेको खबरमा उल्लेख छ । यस्तै लेबनानको मध्यपूर्व एअरलाइन्स (एमईए) ले जोखिमलाई उद्धृत गर्दै केही उडानहरूको तालिका फिर्ता स्थगित गरेको छ ।

यसैबीच उडान ट्र्याकिङ वेबसाइट 'फ्लाइटराडर–ट्वान्टीफोर' को तथ्याङ्कले टर्कीको सनएक्सप्रेस, टर्किस एअरलाइन्स र यसको सहायक कम्पनी अजेटले पनि आज बेरुतमा अवतरण हुने उडानहरू रद्द गरेको देखाएको छ ।

इजरायली कब्जामा रहेको सिरियाको भूमि गोलान हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि इजरायल–हिजबुल्लाहबीच तनाव चुलिएको छ ।

इजरायल–हिजबुल्लाहबीच तनाव बढेसँगै मध्यपूर्व नै जोखिममा फस्ने सम्भावना बढेको छ । यो तनावले गाजामा युद्धविरामको वार्तामा समेत असर पुग्ने खतरा रहेको जर्मनी सञ्चारमाध्यम ‘डीडब्ल्यू’ ले लेखेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु