पेरिस ओलम्पिकमा प्रिन्सको अन्तिम खेल आज

छिनोफानो   बुधबार १६, साउन २०८१ ०८:५७

काठमाडौं । नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले फ्रान्समा जारी पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् ।

मेन्स सिंगल्सअन्तर्गत समूह पी मा रहेको प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग आज खेल्नेछन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको प्रतिष्ठाको खेल समेत हुनेछ ।

पहिलो पटक ओलम्पिक खेलिरहेका उनी पहिलो जितसहित ओलम्पिक यात्रा सकाउने लक्ष्यमा छन् । प्रिन्स विश्व वरियताको १७२औं स्थानमा छ भने मिसा ५८औं स्थानमा छ । यसअघि प्रिन्स विश्वकप नम्बर दुई भिक्टोर एक्सेल्सन रएनहात गुएनसँग २-० ले पराजित भएका थिए ।

नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो ।

पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको खेल सकिसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

अब प्रिन्स बाहेक एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोक्षीले अन्तिम दिन अगष्ट ११ मा महिला म्यारथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु