काभा महिला भलिबल लिगमा आज नेपाल र भारत खेल्दै

छिनोफानो   शनिबार १९, साउन २०८१ ०७:३५

काठमाण्डौ – काभा महिला भलिबल लिगमा आज नेपाल र भारत खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो तीन बजे शुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालको तीन अङ्क छ ।

भारतले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको भारत अङ्क तालिकाको शीर्षस्थानमा छ । भारतले आफ्नो पहिलो खेलमा इरानलाई ३–१ को सेटमा हराएको थियो । त्यस्तै हिजो भएको अर्को खेलमा इरानले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको छ । श्रीलङ्काको यो दोस्रो हार हो ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु