धनगढीको एसटिएस सिनेमामा सुविधा सम्पन्न प्याराडाईज क्याफे संचालनमा

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०५:५८

धनगढी । धनगढीमा सुविधासम्पन्न प्याराडाईज क्याफे संचालनमा आएको छ ।  एसटिएस सिनेमा हलमा झण्डै ३५ लाखको लगानीमा क्याफे संचालन गरिएको छ । 

तत्कालिन आवस्यकतालाई मध्यनजर गर्दै सिनेमा हलमा Go Green, Safe Nature भन्ने मुल उद्देश्यका साथ क्याफे संचालन गरेको क्याफेका संचालक सुनिल यादवले बताए । सिनेमा हलमा फिल्म हेर्नका लागि आउनेहरुको सुविधालाई मध्यनजर गर्दै क्याफेको अवधारणा ल्याएको हो, उनले भने, हल संचालनको समय बाहेक अन्य समयमा पनि सेवा दिन्छौं । त्यस्तै यादवले हलको प्राङ्गणमा क्याफे भएतापनि अन्य सेवाग्राहीले पनि जुनसुकै समयमा सेवा लिन सक्ने बताएका छन । 

क्याफे संचालन भएसंगै पारिवारिक माहोलमा सेवा दिने बताईएको छ ।  क्याफेमा आउने सबै सेवाग्राहीले वातावरणिय आनन्दका साथमा विभिन्न सेवा लिन सक्ने क्याफेका संचालक यादवले बताएका छन । हाम्रो उदेश्य नाफा कमाउनु मात्र होईन, उनले भने, गुणस्तरिय सेवा प्रवाह गर्नु नै मुख्य धेय हो । 

क्याफेमा थकाली खाना पाउनुका साथै थारु लगायत विभिन्न संस्कृतीका खानाका परिकार पाईने यादवले बताएका छन । उनका अनुसार हरेक हप्ता फरक फरक स्वादका परिकार पाईनेछन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु