आइसीसी विश्वकप लिग–२ श्रृङ्खलाका लागि नेपालको प्रारम्भिक टोली घोषणा

छिनोफानो   सोमबार २१, साउन २०८१ ११:४५

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग–२ को श्रृङ्खलाका लागि २२ जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपालले बन्द प्रशिक्षणमा बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा रहेका छन् ।

नेपालले लिग–२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेकोमा एक खेल मात्र जितेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु