डाेनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने

छिनोफानो   शुक्रबार २५, साउन २०८१ ०३:३७

अमेरिकी राष्ट्रपति पदका दुई जना उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने भएको छ । अमेरिकी च्यानल एबीसी न्युजले आउँदो सेप्टेम्बर १० मा ट्रम्प र ह्यारिसबीच पहिलो टेलिभिजन बहस आयोजना हुने तय भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले चुनावअघि डेमोक्र्याटिकका उम्मेदवारसँग पटकपटक बहस गर्न आफू तयार रहेको बताउनुभएको थियो । यस्तै ह्यारिसले हिजो मिशिगनमा भएको एउटा कार्यक्रममा आफू ट्रम्पसँगको बहसमा सहभागी हुने पुष्टि गर्दै थप बहसका लागि पनि तयार रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसअघि गएको जुनमा वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच चुनावी बहस भएको थियो । त्यो बहसमा बाइडेन निकै अलमलिनुभएको थियो । त्यही कारण पार्टीभित्र र बाहिर उहाँको आलोचना भएपछि उहाँ अन्ततः उम्मेदवार नबन्ने निणर्यमा पुग्नुभएको थियो । त्यसपछि कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्नुभएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु